Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०६ गते बुधबार

नापि अधिकृत सहित १४ जना बिरुद्ध अखतियारले गर्याे विशेष अदालतमा  मुद्दा दर्ता ।
फायल फाेटाे

नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार कसुरमा विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजाएको माग दाबी गर्दै मंगलबार आरोपपत्र दायर गरेको हो ।  

रुपन्देहीको साविक दूधराक्ष गाविस ७ (क) र वडा २ (क) को जग्गा नापी कार्यालयका कर्मचारी तथा जग्गाधनीसमेत सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमतो रहेको पाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
आयोगले भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मूल्याङ्कनअनुसार घुसाएको जग्गाको रु १० लाख ६५ हजार दुई सय पाँच बराबरको सरकारी सार्वजनिक जग्गासहित फाइल नक्सा तयार गर्ने नापी कार्यालयका कर्मचारी र जग्गा खरिद खरिद बिक्री गर्ने व्यक्तिलाई सजायको माग दाबी गरेको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>