Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०६ गते बुधबार

बाजुराका एक वडा अध्यक्ष निलम्बन पुर्पक्षका लागि ज्ल चलान ।

बाजुराका एक वडा अध्यक्ष निलम्बनमा परेका छन् । त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका हुन ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूका नेता चेतन अयडीको हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाई पुर्पक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरेको छ । अयडी थुन चेक आदेशमार्फत कारागार गएपछि स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिवक्ता गुरु प्रसाद वाग्लेले बताएका छन् ।

जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले सफाइ तथा उनको घटनामा कुनै संलग्नता नरहेको पाइएमा पुन निलम्बन फुकुवा हुने बताए । मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत वडा अध्यक्ष सहित ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । सरकारी वकिल कार्यलय बाजुराले २४ जना विरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेका थिए । २४ जना मध्ये १० जना मात्र प्रक्राउ परेका छन् ।

एक जना उपचारमा रहेकोले प्रहरीले ९ जनालाइ मात्र जिल्ला अदालत पेश गरेको जनाउदै बाँकि १४ जना फरार रहेको जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाइ ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारी गरेको छ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>