सामुदायिक वन संरक्षणमा वातावरणीय र सामाजिक सुरक्षा लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी छलफल तथा सुझाव संकलन कार्यक्रम कैलालीमा गरिएको छ । सामुदायिक वन समन्वय समिति, मसुरिया, बसन्ता र भजनीका साथै तराई भु-परिधि कार्यक्रम (ताल) कोहलपुर, डब्लु डब्लु एफ नेपालका प्रतिनिधिहरुसँग राय सुझाव सहित कार्यक्रम कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू बारे छलफल गरिएको थियो ।
सामुदायिक वन समन्वय समिति गौरीगंगा ८ मसुरियामा कार्यक्रम भएको हो । कार्यक्रममा वन वातावरण संरक्षणका क्रममा सामाजिक सुरक्षाका उपाय, योजना तयारीको क्रममा सामाजिक सुरक्षाका बिषय, गरेका कार्यहरुको आर्थिक पारदर्शिता सहभागीता र अनुगमनका साथै सामुदायिक वनमा समावेशीकरण र लैंगिक समावेशीकरण, योजना तर्जुमा गर्दा समावेशीकरणका आधारहरूको बारेमा छलफल तथा सुझाव संकलन गरिएको सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया