Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बैतडी
२०७९ पुष ०७ गते बिहिबार

बैतडीका शिक्षक मृत्यु प्रकरणमा श्रिमान श्रीमती पक्राउ, पाटन केही शान्त ।

बैतडीको पाटनमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।

सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको हो।

बिमला कृष्ण माविमा कम्प्युटर डिप्लो तहमा अध्ययनरत छिन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको बैतडी प्रहरिले बताएको छ ।

कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोली आएपछि पक्राउ गरिएको थियो । शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए ।

छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसंगै बसेर पढ्दै आएकी थिईन । घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही बिषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

 पाटनमा निश्पक्ष छानबिन र दाेसि माथि कार्वाहिकाे माग गर्दै लगातार आन्दाेलन भैरहेकाे थियाे । शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>