Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १० गते आइतबार

फेरि फैलिदै काेराेना सर्तर्क रहन आग्रह ।

विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । छिमेकी मुलुक चीन, भारतलगायत जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल, जर्मन र दक्षिण कोरियाजस्ता विश्वका विकसित देशहरूमा संक्रमण फैलिएसँगै स्वास्थ्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी थप सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेको हो ।

मन्त्रालयले नेपालको खुला सिमाना र विदेश आवात जावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको उल्लेख गर्दै विज्ञप्तिमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, नियमित साबुनपानी तथा सेनिटाइजरले हात धुन र बुस्टर डोज लगाउन छुटेकाहरूका लागि बुस्टर डोज लगाउनसमेत आग्रह गरेका छन् । 

विज्ञप्तिमा सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको समेत उल्लेख गरिएको छ ।

एक सातामा एकाएक विश्वका विभिन्न मुलुकमा कोराना संक्रमितको संख्यामा वृद्धि हुँदा ३६ हजारभन्दा बढी संक्रमित हुनुका साथै १० हजार व्यक्तिको ज्यान गएको तथ्यांक सार्वजनिक भएसँगै सरकारले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै आम नागरिक, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीलगायतका सम्पूर्ण निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>