Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १० गते आइतबार

फेरि फैलिदै काेराेना सर्तर्क रहन आग्रह ।

विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । छिमेकी मुलुक चीन, भारतलगायत जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल, जर्मन र दक्षिण कोरियाजस्ता विश्वका विकसित देशहरूमा संक्रमण फैलिएसँगै स्वास्थ्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी थप सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेको हो ।

मन्त्रालयले नेपालको खुला सिमाना र विदेश आवात जावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको उल्लेख गर्दै विज्ञप्तिमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, नियमित साबुनपानी तथा सेनिटाइजरले हात धुन र बुस्टर डोज लगाउन छुटेकाहरूका लागि बुस्टर डोज लगाउनसमेत आग्रह गरेका छन् । 

विज्ञप्तिमा सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको समेत उल्लेख गरिएको छ ।

एक सातामा एकाएक विश्वका विभिन्न मुलुकमा कोराना संक्रमितको संख्यामा वृद्धि हुँदा ३६ हजारभन्दा बढी संक्रमित हुनुका साथै १० हजार व्यक्तिको ज्यान गएको तथ्यांक सार्वजनिक भएसँगै सरकारले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै आम नागरिक, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीलगायतका सम्पूर्ण निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 


#काेभिड

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>