Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १० गते आइतबार

कैलालीमा २८ किलाेग्राम बिष्फाेटक पदार्थ र माेरसाईकल समेत साेमनारायण पक्राउ ।

कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ३ मोहनपुरस्थित नेपाल भारत सीमा इलाकामा सशस्त्र प्रहरीले कैलाली गाउँपालिका वडा नम्बर ४ के गाउँका ४७ वर्षीय सोमनारायण डगौरालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल बिओपी खोनपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुवास खत्रीको कमान्डमा खटिएकाे मोबाइल गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित विस्फोटक पदार्थमा प्रयोग हुने सामानसहित डगौरालाई पक्राउ गरेको हो।

डगौराको साथबाट सशस्त्र प्रहरीले पहेलो रङ्गको गन्धक जस्तो देखिने पदार्थ २३ किलोग्राम र खरानी रगको सुरा जस्तो पदर्थ ५ किलोग्राम बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै, डगौराले उक्त सामान ओसार्न प्रयोग गरेको रा २ प ४३८७ नम्बरको कालो रङ्गको हिरोहोण्डा कम्पनीको सुपर स्पिलिन्डर मोटरसाइकल पनि बरामद गरेको छ।

डगौरालाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>