Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १० गते आइतबार

संघिय सरकारकाे समिकरण अनुसार सुदुरपश्चिममा समाजवादि काग्रेस रिङ्गआउट ।

संघमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण देखिएपछि प्रदेशको राजनीतिमा पनि परिवर्तन हुने भएको छ। 

आज आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलहरूबीच नयाँ समीकरणको सहमति भएको छ। त्यसो हुँदा सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेस र एकिकृत समाजवादी ‘रिङआउट’ हुने सम्भावना देखिएकाे हो।

बालकोट बैठकमा सहभागी एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूबीच सत्ता भागबण्डाको टुंगो लागेर राष्ट्रपतिकहाँ एकल निवेदन दर्ता भएकाे छ ।  

माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री दिने गरी सहमति भएको छ। मन्त्री र प्रदेश सरकार पनि मिलिजुली बनाउने निर्णय भएपछि नयाँ राजनीतिक परिदृष्य देखिएको हो।

नयाँ गठबन्धन बनेमा सुदूरपश्चिम प्रदेशमा पनि नेपाली कांग्रेस र एकीकृत समाजवादी बाहेकको प्रदेश सरकार बन्नेछ। सुदूरपश्चिममा जम्मा ५३ प्रदेशसभा सदस्य रहेकोमा सरकार बनाउन २७ सदस्य आवश्यक पर्छ। 

त्यसो हुँदा नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपा मिलेर सरकार बन्नेछ। यहाँ प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाका १ सांसद छन्। यस्तै सुदूरपश्चिममा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुकाे सफथग्रहण हुन बाकि नै छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>