Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १० गते आइतबार

महाकाली पुल आयाेजनाकाे गाडि बिदाकाे दिन घुमाउदा युवा विद्यार्थिकाे नियन्त्रणमा, बुझाए प्रहरिलाई ।

महाकाली पुल आयोजनाको गाडीलाई युवा–विद्यार्थी नेताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। 

आइतबार विदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै महेन्द्रनगरको भाँसीबाट विद्यार्थी नेताहरुले पुल आयोजनाको प्रदेश नं. ३ बा ०६७९ नम्बरको गाडी नियन्त्रण लिएर प्रहरीलाई बुझाएका हुन्। 

पुल आयोजनाका इन्जिनियरसहितको टोली घुमघाममा गइरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको एमाले निकट अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए।

अनेरास्ववियु, युवा संघ र माओवादी केन्द्र निकट वाइसियललगायत संगठनका नेताहरुले सरकारी गाडी दुरुपयोग रोक्नका लागि केही समययता छडके गर्दै आएको वाइसिएलका कञ्चनपुर इन्चार्ज तिलक जप्रेलले बताए। 

सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानूनी प्रावधान छ। 

पुल आयोजनाको गाडीले विदाका दिन सवारी चलाउन अनुमति नलिएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले विद्यार्थीहरुले पुल आयोजनाको गाडी नियन्त्रणमा लिएर बुझाएको बताए। ‘कुन प्रयोजनमा प्रयोग गरेको भन्ने विषयमा बुझ्न बाँकी छ,’ उनले भने, ‘विद्यार्थीहरुले भरखर यहाँ गाडी बुझाएका हुन्।’


#सरकारि गाडि नियन्त्रणमा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>