Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ११ गते सोमबार

कर्णाली प्रदेशभाकाे सफथग्रहण आज हुँदै ।

कर्णालीका प्रदेशसभा  शपथ आज हुने भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउने छन् । 

प्रदशसभा सदस्यहरुको शपथ आज दिउँसो ३ बजे हुने छ । त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ । शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवहाक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्छन् ।

प्रदेशसभा सदस्यले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण–पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजेनै प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्ने छ ।

प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको थियो । तर आइतबारसम्म कुनै पनि सांसदहरुले जानकारी गराएका छैनन् ।


#प्रदेशसभा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>