Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ पुष १२ गते मङ्गलबार

लालझाडि गाउँपालिकामा सैनिक श्रीमती संघकाे सहयाेग, स्वास्थ्य परिक्षण र उपयाेगि सामाग्रि बितरण ।

कञ्चनपुरको लालझाडीमा स्वास्थ्य जाँच शिविर, शैक्षिक सामग्री र न्यानो कम्बल वितरण गरिएको छ । श्री सैनिक श्रीमती संघ तथा श्री नम्बर २५ बाहिनी अड्डाको आयोजना एवं श्री दल गुल्म, महाकाली प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र लालझाडी गाउँपालिकाको समन्वय तथा सहकार्यमा सोमबार भएको कार्यक्रममा स्वास्थ्य शिविर सञ्चालन भएकाे छ । स्वास्थ्य जाँच शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा सहभागी इच्छुक गाउँवासीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

त्यस्तै, लालझाडी गाउँपालिका वडा नम्बर १ मा रहेको नवाेदय आधारभूत विद्यालय, वडा नम्बर २ मा रहेको शिवशङ्कर आधारभूत विद्यालय र वडा नम्बर ४ मा रहेको जनचेतना आधारभूत विद्यालय गरी तीन वटा विद्यालयहरूलाई सूचना प्रविधि सामग्री, शैक्षिक सामग्री, खेलकुद सामग्री, फर्निचर सामग्री वितरण गरिएको बताइएको छ ।  उक्त सामग्रीबाट तीन वटै सामुदायिक विद्यालयहरू र त्यहाँका ५३० बढी विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।  

लालझाडी गाउँपालिकाभर जम्मा १६ वटा सामुदायिक विद्यालय रहे पनि सूचना प्रविधि सामग्री सहयोगको लागि बजेट अपुग हुँदा सबैलाई समेट्न नसकेको आयोजकले जनाएको छ ।

सोही कार्यक्रममा ज्येष्ठ नागरिक, अनाथ र अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको छ । करिब एक हजार दुई सय जना ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको छ । ३० जना अनाथ बालबालिकाहरूलाई कपडा (ट्रयाकसुट) र स्टेशनरी सामग्री प्रदान गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरू मध्ये  ५ जनालाई म्याट्रेस, २ जनालाई बैसाखी र १ जनालाई ह्विलचियर प्रदान गरिएको बताइएको छ । कार्यक्रमबाट लाभग्राहीहरूले आफ्नै गाउँ बस्तीमा निःशुल्क सेवा सुविधा पाएकोमा  खुसी व्यक्त गर्नु भएको छ । 

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले सैनिक श्रीमती संघले गाउँपालिकालाई छनौट गरी ठूलाे सहयोग पुर्याएकाे र आगामी दिनहरूमा गाउँपालिकाले पनि यस किसिमका रचनात्मक र जनसेवामूलक कार्यक्रम गर्ने प्रतिक्रिया दिनुभयो । त्यस्तै, वडा ५ का अध्यक्ष पहल बहादुर थापाले कञ्चनपुरको लालझाडी गाउँपालिकाको जनजीवनलाई मध्यनजर गर्दै नेपाली सेना, महाकाली प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र लालझाडी गाउँपालिकासँगको समन्वयमा सैनिक श्रीमती संघले गरेको कार्यक्रमप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा सैनिक श्रीमती संघका अध्यक्ष सुनिता शर्मा तथा संघका पदाधिकारी, सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना सहित जनप्रतिनिधिहरू, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, श्री नम्बर २५ बाहिनीका बाहिनी पति सहायक रथी पुरुषोत्तम ढकाल, श्री दल गुल्मका गुल्म पति सेनानी सुमित श्रेष्ठ, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार, महाकाली प्रादेशिक अस्पतालका मेसु अर्जुन भट्ट लगायतको आतिथ्यता रहेको थियो ।


#स्वास्थ्य

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>