Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १२ गते मङ्गलबार

बेलडाडि गाउँपालिकाले गर्याे सार्वजनिक सुनुवाई ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बेलडाँडीले मंगलबार सरोवारवाला निकायसंग सार्वजनिक सुनवाई कार्य कार्यक्रम गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८०को प्रथम चौमासिक सार्वजनिकमा कार्य प्रगति विवरण सहित आम नागरिकलाई सुसूचित गर्नका लागि उक्त कार्य गरेको बेलडाँडी गाउँपालिकाले जनाएको छ । 

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले गाँउपालिकाबाट पहिलो चौमासिकमा भएका कार्य सम्पादन बारे जनता सहित सरोकारवाला पक्षसंग जानकारी र आगामी दिनमा थप योजना ल्याउन सुझाव संक्लन सहित कार्यक्रम गरिएको बताए । 

कार्यक्रममा बेलडाँडी १ देखि ५ का वडाध्यक्ष क्रमस जग बहादुर विष्ट, नारद उर्याल, दुर्गा प्रशाद चौधरी, बीर बहादुर खडका, ईन्द्र खडकाले आ आफ्नो वडाको गतिविधिका साथै प्रगति प्रतिवेदन पेश गरेका थिए । प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले प्रस्तुत गरेका थिए ।

सुनुवाई कार्यक्रममा छाडा चौपाया व्यवास्थापन, खेलमैदान, एम्वुलेन्स संचालन, अपाङ्गमैत्री प्रशासन, लागु औषध नियन्त्रणका सवाल उठेका थिए । जवाफमा पालिका अध्यक्ष हरिशचन्द्र रानाले केहि दिन भित्रै अपाङ्ग मैत्री प्रशासन बनाउनका लागि लिफ्टमा आएको प्राविधिक समस्या समाधान गर्ने, एम्बुलेन्स संचालनमा आएको, खेलकुद समिति गठन गरी यहाँका खेलाडीहरुलाई प्राथामिकताका साथ प्रवद्र्धन गर्ने, बेलडाँडीका किसान व्यवसायीका लागि कोल्ड स्टोर स्थापना गर्नका लागि अध्ययन भइरहेको जनाउदै क्रमिक रुपले अतिक्रमित भएको सरकारी जमिन ग्रिनबेल्ट खाली गरी बेलडाँडीका जनातालाई आवस्यक भएको कार्य उक्त क्षेत्र भित्र स्थापना गर्ने जनाएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>