Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १३ गते बुधबार

बेलडाँडि गाउँपालिकामा भयाे जग्गा नापि सुरु, ४ हजार बढि लाभान्वित हुने ।

कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा ऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । बेलडाँडी गाँउपालिकाले ऐलानी जग्गा नापजाँच शुरु गरेको छ ।

बुधबारदेखि गाँउपालिकाले ऐलानी जमिन नापजाँच शुरु गरेको गाँउपालिकाले जनाएको छ । भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि गाँउपालिकाले जग्गा नापजाँच शुरु गरेको पालिका अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

गाँउपालिका प्रमुख रानाले ५ नम्बर वडा झिलमिलाबाट नापजाँच शुरु गरिएको बताए । यस अघि अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने गाँउप्रमुख रानाले बताए ।

उनका अनुसार १ सर्वेक्षक सहित ५ अमिन ऐलानी जमिन नापजाँच गर्नेछन । ‘अहिले हामीले ६ जना मात्रै जनशक्ति बनाएर फिल्डमा खटाएका छौँ, ‘उनले भने, ‘यो टोलीले कतिको काम तिव्र रुपमा अघि बढाउँछन, त्यही अनुरुप थप जनशक्ति थप्ने वा यहीलाई निरन्तरता दिन्छौँ ।’ 

‘हामीले चुनावका बेला जनतासंग लालपुर्जा वितरण गछौँ, भन्ने बाचा थियो, ‘उनले भने, ‘त्यही बाचा अनुरुप हामी निरन्तर जनताको काममा जुटेका छौँ, जुन दिन जनताले हातमा लालपुर्जा पाउँछन, त्यो दिन हाम्रो बाचा पुरा हुनेछ,अहिले कामकाज प्रकृयामा अघि बढेको छ ।’

नापजाँच कार्यक्तममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी रानाले नापी कार्यलाई तिव्र अघि बढाउँदै बषौँदेखि जमिनको स्वामित्वबाट बञ्चितलाई जमिन दिनुपर्ने बताईन । गाँउपालिकाको उक्त योजनासंगै साढे चार हजार घर परिवार जमिनको मालिक बन्ने भएका छन ।

बेलडाँडीमा भूमिहिन दलित १५५ भूमिहिन सुकुमबासी १९४ र अव्यवस्थित बसोबासी ४ हजार ३३३ यस अघि छुट्टाछुट्टै फारम परेका छन ।

गाँउपालिकाले जमिन नापजाँच कार्य अघि बढाएसंगै बेलडाँडीका भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी हर्षित भएका छन । लामो पखाईपछि आफ्नो पालिका क्षेत्रका जनताको समस्या समाधान गर्न लागेको भन्दै स्थानीय हर्षित भएका छन ।

जमिन भएरपनि लालपुर्जा नभएका अव्यवस्थित बसोबासी जमिन नभएका भूमिहिन दलित र सुकुमबासी जमिनको मालिक बन्ने भएपछि हर्षित भएका हुन ।

बेलडाँडीका झण्डै ४हजार ६सय ८८ नागरिक जमिनको मालिक बन्नेसंगै एकारित राज्यलाई भूमिकर राजस्व अर्कारित नागरिकलाई अनेकन वित्तिय कारोबारका लागि समेत सुविधा हुने भएकाले यस कार्यबाट राज्य र नागरिक दुवै लाभान्वित हुनेछन ।


#जग्गा नापि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>