Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ पुष १४ गते बिहिबार

ईन्टरलक ब्लक मार्फत आत्मनिर्भर बन्दै  दोधारा चाँदनीका महिलाहरु ।

बाढीका उच्च जोखिममा रहेका स्थानियहरुलाई आत्मनिर्भर बनाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले ईन्टरलक ब्लक मसिन सहयोग गरे संगै दोधारा चाँदनी– ९ ढकनाघाटका महिलाहरु हौसिएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना मार्फत दोधारा चाँदनी– ९ ढकनाघाटका प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिलाई एक थान ईन्टरलक ब्लक मसिन सहयोग गरे संगै स्थानियहरु ब्यवसायीय तथा आत्मनिर्भर बन्नको लागी हौसिएका छन् ।

उनिहरुले उक्त मसिनबाट ब्लक निमार्ण गर्न थालेका छन् । प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिको माँग अनुसार नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना मार्फत ईन्टरलोक ब्लक मसिन उपलब्ध गराएको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेराले बताएका छन् । आज एक कार्यक्रमको बिच बिधिवतरुपमा ईन्टरलोक ब्लक मसिनबाट ब्लक निमार्ण कार्यको सुभारम्भ गरिएको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेराले जानकारी दिएका छन् ।

सुभारम्भ कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, वडा सदस्य बल बहादुर रावत, बल बहादुर खड्का, मैना सुनार, मिना धामी, प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेरा लगाएत ब्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

उद्धघाटन कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना मार्फत दोधारा चाँदनी– ९ ढकनाघाटका प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिलाई एक थान ईन्टरलोक ब्लक मसिन सहयोग गरेकोमा धन्यबाद दिदै उनले बाढीको उच्च जोखिममा रहेका स्थानियहरुलाई जिवीकापार्जनमा ईन्टरलोक ब्लक मसिनबाट ब्लक उत्पादनले स्थानियहरुको दैनिकीमा निकै सघाउने बताएका छन् ।

बिगत लामो समय देखि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले दोधारा चाँदनी नगर क्षेत्रमा बाढीको पुर्व तयारी, बाढी आएको बेला सहयोग संगैं तटिय क्षेत्रमा बसोबास गर्ने बाढीको उच्च जोखिममा रहेको स्थानियहरुको जिवीकापार्जनमा सघाउदै आएको दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले बताएका छन् ।

प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेराले बाढीका उच्च जोखिममा रहेका स्थानियहरुको आत्मनिर्भर बनाउन सुद्दढ परियोजनाले गरेको ईन्टरलक ब्लक मसिन सहयोगले स्थानियहरुका खुशी छाएको बताएका छन् । आजभोली घर तथा अन्य निर्माण कार्यमा प्रयोगमा आएको ईट्टा कमजोर रहेको भन्दै ईन्टरलक ब्लक मसिनबाट उत्पादन गरिएको ब्लकहरु निकै मजबुत हुने हुदा यसको माँग आउन थालेको बताएका छन् ।

वडामा आगामी दिनहरुमा निमार्ण गरिने कलर्भट, घर तथा बिद्यालयमा ईन्टरलोक ब्लक मसिनबाट निमार्ण गरिएको ब्लक प्रयोगमा ल्याउन जनप्रतिनिधी तथा स्थानियहरुले प्रतिबद्धता जनाएका छन् ।


#बाढिपिडित

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>