Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १५ गते शुक्रबार

एमडिएमयस प्रणालि हाललाई स्थगित गर्न सरकारकाे निर्दैशन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम सिस्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन् । यसअघि आजदेखि एमडीएमएस लागू गर्ने तयारी  गरिएको थियो ।

भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्री स्वयंले ‘तयारी पूरा गरेर अलि पछि लागू गरौं’ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको स्रोतले जानकारी दियो ।


प्राधिकरणले शुक्रबारदेखि यो प्रणाली पूर्ण सञ्चालनमा ल्याउने भएकोले मोबाइल अनिवार्य दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । यद्यपि प्रधानमन्त्रीको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ ।

मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । यस सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि चासो देखाएका थिए । अर्थमन्त्री र प्रधानमन्त्री दुवैको छलफलपछि यो प्रणाली हाललाई स्थगित गरिएको बुझिएकाे छ ।


#एमडियमयस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>