Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
झलारि
२०७९ पुष १७ गते आइतबार

नदि उत्खनन्  गर्दा जाेखिम न्युनिकरण याेजना ल्याउन माग राख्दै स्थानियले धेरे वडा कार्यालय ।

शुक्लाफाँटा नगरपालिका ८ का स्थानीयले नदीजन्य पदार्थ उत्खनन ठेक्का विरुद्ध वडा कार्यालय घेराउ गरी धर्ना दिएका छन् । स्थानीय रुकुम सिंह ठगुन्नाको संयोजत्वकमा संघर्ष समिति गठन गरी उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

शुक्लाफाँटा नगरपालिकाले यस आर्थिक वर्ष ०७९÷२०८० का लागि ८ नम्बर वडामा पर्ने नदी तथा खोलामा ६८ लाखमा नदीजन्य पदार्थ उत्खननको ठेक्का दिएको छ । ठेक्का दिएपछि स्थानीय विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।


नगरपालिकाले ठेक्का नै लगाएपछि स्थानीय समिति बनाएर प्रभावित क्षेत्रमा तटबन्ध गरिनुपर्ने लगायत माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

संघर्ष समितिका संयोजक ठगुन्नाले प्रभावित क्षेत्रका नागरिकले बसोवासको उचित व्यवस्थापन नगर्दै सुरु गरिएको उत्खनन कार्यविरुद्ध बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘हामीले यो क्षेत्रमा वर्षौँदेखि जैविक तटबन्धन बनाएर बस्ती जोगाएका थियौँ,’ उनले भने, ‘नगरपालिकाले अहिले एक्कासि उत्खनन गरिरहेको छ ।’

संयोजक ठगुन्नाले तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनु पर्ने, रोयल्टीबापत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र बस्तिमा हुने जाेखिम बाट बच्ने योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। ‘हाम्रो आन्दोलन कुनै व्यक्ति, जनप्रतिनिधिविशेषविरुद्ध होइन,’ उनले भने, ‘समग्र गाउँ बस्तीको विपत् जोखिम न्यूनीकरणका लागि हो ।’

नगरपालिकाले सुनबरा, वनहरा अखौनी सहितका खोलाबाट ढुंगा, गिटी र वालुवाबापत रोयल्टी संकलनका लागि गणपति कन्स्ट्रक्सन प्रालिलाई ६८ लाख १३ हजारमा ठेक्का दिएको छ ।

शुक्लाफाँटा नगरपालिका ८ का वडा अध्यक्ष बहादुर सिंह महराले स्थानीयले अघि सारेका माग नगरपालिकामा जानकारी गराउने बताए ।


मेयर महरालाई यश सम्बन्धि धारणा साेध्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।


#नद उत्खनन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>