Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १८ गते सोमबार

प्रधानमन्त्रीले गरे निर्वाचन आयाेगका पदाधिकारिसंग यस्ताे परामर्श ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावकाबारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।

बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा चुनावका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरे ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै उनले आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आउँदो फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगाडि नै चुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने तथा प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुको सहभागिता थियो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>