Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १८ गते सोमबार

साेमवार पनि शेयर बजार दाेहराे अंकले वृद्धि, काराेवार रकम खुम्चियाे ।

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार १७.५६ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक ०.८६ प्रतिशत बढेर २०६३.८३ विन्दुमा रोकिएको छ ।

आइतबार पनि नेप्से परिसूचक १७ अंकलेे बढेको थियो । तर, कारोबार रकममा भने कमी आएको छ । आइतबार चार अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

यसदिन धौलागिरी लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत, अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

नबिल बैंकको सर्वाधिक रकमको सेयर खरिद–बिक्री भएको छ । यो बैंकको १६ करोड ८४ लाख रुपैयाँको सेयर मूल्य खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि व्यापार समूहको भएको छ । 


#शेयर बजार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>