Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ पुष २० गते बुधबार

दोधारा चाँदनीमा लागुऔषध दुर्व्यसनी र मानव बेचबिखन नियन्त्रणको लागी सचेतना ।

दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको आयोजक संस्था शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले एक्लैले मानव बेचबिखन तथा लागुऔषध नियन्त्रण गर्न नसक्ने भन्दै यसमा सवैको साथ सहयोग आवश्यक रहने बताए । कार्यक्रममा सहभागीहरुलाई मान बेचबिखन तथा लागुऔषध तथा कुलतका बारेमा जानकारी गराउदै सचेत गराउनु तथा सभ्य समाजको निर्माणका निम्ति कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष रोकायाले बताए । प्रहरी तथा कुनै संघ–संस्थाले एक्लैले समाजमा रहेका विकृति, विसंगती नियन्त्रण गर्न नसक्ने हुदा यस्ता जघन्य अपराधमा रोक्न सबैको दायित्व रहेको अध्यक्ष रोकायाले बताएका छन् । अध्यक्ष रोकायाले विकृति, विसंगति रहित वडा निर्माण गर्न आफ्नो ध्यान केन्द्रीत रहेको बताए । ‘हामी दोधारा चाँदनीलाई विकृतिमुक्त बनाउन कटिबद्ध छौं, यसमा सबैको साथ चाहिन्छ्’ ।

पछिल्लो समय दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मानव बेचबिखन तथा लागुऔषधको संख्यामा बृद्धि भईरहेको अवस्थामा न्यूनिकरण गर्न जरुरी रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंलले कार्यक्रममा बताएका छन् । मानव बेचबिखन तथा लागु औषध नियन्त्रणमा सर्वप्रथम अभिभावकनै सचेत र जिम्मेवार हुनुपर्ने वडाध्यक्ष कडेंलेको भनाई रहेको छ् । राज्यको एकल पहलले मात्र लागु औषध र मानव वेचविखन नियन्त्रण सम्भव नहुने भन्दै नागरिक स्तरबाट पहल हुनुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रमका सहभागीहरुले लागुऔषध दुर्व्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता जनाएका छन् ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सामाजिक र कानूनी अपराधका रुपमा रहेको लागुऔषध र मानव बेचविखन रोकथामका लागि स्थानिय स्तरमै सचेतना, रोकथाम र उपचारका विधी अवलम्वन गर्नु पर्ने सुझाव दिएका छन् । लागुऔषध तथा मानव बेचबिखन नियन्क्रण कार्यत्रम र अभियान सञ्चालन गरेपनि सबैको समन्वय र सहकार्यले मात्र प्रभावकारिता हासिल गर्ने माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र माईती नेपाल कञ्चनपुरको सहकार्यमा संचालन भएको मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध जनचेतनामुलक उद्धघाटन सत्रका सभापती नन्दा खत्री रहेका थिए भने, प्रमुख अतिथीमा दोधारा चाँदनी– ९ का वडाध्यक्ष गोपीलाल कडेंल तथा बिशिष्ठ अतिथीमा वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया रहेका थिए । अतिथीमा वडा नं. ७ का वडा सदस्य तथा न्यायपालिका सदस्य कोमल उपाध्याय्, अधिकारकर्मी खिमा चन्द, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापा, वडा सदस्य पिंकी रावत, मिना धामी, वडा नं. ६ देखि वडा नं. १० सम्मका २२ जना किशोरीहरु लगाएत शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी बरिष्ठ सई महेन्द्र सिंह थापा र माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रमको सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>