Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २१ गते बिहिबार

पत्रकारकाे छाता संगठन पत्रकार महासंघले भेट्याे प्रधानमन्त्री ।

नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई ज्ञापन गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । महासंघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी बधाई दिएको हो ।

भेटमा अध्यक्ष पोखरेलले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।  भेटमा प्रधानमन्त्री प्रचण्डले आफू मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए ।

प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरूको हितप्रति संवेदनशील रहेको बताउँदै महासङ्घसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

भेटमा महासंघका अध्यक्ष पोखरेलका साथै सल्लाहकारहरु र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू सहभागी रहेका थिए ।


#पत्रकार महासंघ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>