Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २२ गते शुक्रबार

बेल्डाडिमा हिउदे अधिवेशनले पारित गर्याे काल्ड स्टाेर देखि रिङ्गराेड सम्म ।

बेलडाँडी गाउँपालिकाले रिङरोड,कालिकिच ताल, सिमसार ब्यवस्थापन, खेलमैदान, कोल्डस्टोर निर्माण लगायतका निर्णयगर्दै हिउँदे अधिवेशन बिहिवार सम्पन्न गरेको छ ।

विहिवार बेलडाँडी गाउँपालिकामा शुरु भएको १२ औं हिउँदे अधिवेशन महत्वपुर्ण निर्णय पारित गर्दै सम्पन्न भएको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाका अनुसार “पुरै पालिकालाई छुने गरी रिङरोड निर्माण, आन्तरिक तथा वाह्य पर्यटन बेलडाँडी भित्र्याउनका लागि कालिकिच ताल संरक्षण प्रवर्दनमा जोड दिदै सम्वन्धित निकायमा पहल गर्ने, बेलडाँडी क्षेत्र भित्र सिमसारका कारण जनताले भोग्नु परेको समस्यालाई समाधानका लागि सम्वन्धित निकाय तथा कार्यालयलाई पहल गर्ने, खेलाडीहरु उत्पादनमा जोड दिन खेलमैदान निर्माणका लागि पहल गर्ने, यस क्षेत्रका किसान, व्यापारीहरुलाई विऊविजन भण्डारण गर्नका लागि कोल्डस्टोर स्थापना गर्ने लगायत महत्वपुर्ण निर्णय गर्दै पारित गरेको बताए ।”

विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, समस्याहरूका बारेमा छलफल, स्थानीय तहका ऐन कानुनको कार्यान्वयनका बारेमा अधिवेशनमा छलफल गरी केहि नियमावली पारित गरेको जनाए ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका प्रमुख हरिचन्द्र रानाले गर्नुभएको थियो, भने स्वागत मन्तब्य उपाध्यक्ष शान्ती नाथले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>