Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २३ गते शनिबार

सुदुरपश्चिमका १२ पालिकामा सम्पनन्न भएन भुमि आयाेगकाे लगत संकलन, यसरी दिन सकिन्छ आवेदन

जग्गाकाे लालपुर्जा पाउने प्रयाेजनका लागि राष्ट्रिय भूमि आयाेगमा लगत दिन नसकेकाहरुका पालिकाका वडाहरुका लागि पुनः सुचना खाेलेकाे छ ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि विभिन्न मितिमा विभिन्न स्थानीय तहहरूका लागि ३५ दिने सूचना प्रकाशित गरिएकोमा सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका १२ पालिका समेत देशभरिका छुटेका पालिकाकाे लागि पुनः सुचना प्रकासन गरेकाे छ ।

विभिन्न कारण देखाई लगत संकलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेकोले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०७२/०९/२३ देखि ३५ (पैतिस) दिनभित्र स्थानीय तहवाट बडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत लगत पेस गर्नुहुन भनी भूमि आयाेगले सुचना प्रकाशित गरेकाे छ ।

सुदूरपश्चिम प्रदेशमा कंचनपुरकाे शुक्लफाँटा, कैलालीकाे गाेदावरि, अछामकाे साफेवगर र बाजुराका सबै पालिकामा काम सम्पन्न हुन सकेकाे छैन । यसैगरि पाल्पा, रुकुम पुर्व,दाङ्ग, रुपन्देही, राेल्पा, तनहु, बाग्लुङ, सर्लाहि, सिरहा,महाेत्तरि, पर्सा, काठमाडौं , माेरङ्ग, ताप्लेजुङ, ईलाम, पाँचथरका विभिन्न पालिकाहरुमा काम सम्पन्न हुन नसकेकाे जनाईएकाे छ ।


#भूमि आयाेग

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>