Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
राजेन्द्र बिष्ट
२०७९ पुष २४ गते आइतबार

बिष्णु मन्दिर सडकमा महाकाली नहरमाथि पुल बन्ने आशा पलायाे, भयाे बाेलपत्र आब्हान ।

महेन्द्रनगरको मुख्यबजार नजिकै रहेको महाकाली सिचाई आयोजनाको नहर माथी पुल निर्माण हुने भएकाे छ । बिगत बर्षहरुमा पुलकाे पटक पटक बाेलपत्र आव्हान हुदा समेत ठेक्का लाग्न सकेकाे थिएन ।

पुर्वाधार बिकास कार्यालय कंचनपुरले आज पुनः पुल बनाउन बाेलपत्र आब्हान गरेकाे छ । कार्यालयका प्रमुख ईन्जिनियर धिरेन्द्र भट्टका अनुसार पुलकाे डिजायन पहिला आर्क माेडलमा थियाे अहिले यताका निर्माण ब्यावसायिले काम गरेका पुल अनुसारकाे डिजायन परिवर्तन भएका कारण ब्यावसायिहरुले ठेक्का हाल्ने विश्वास रहेकाे बताउनु भयाे ।

कञ्चनपुरको महेन्द्रनगर भानुचोक देखी धार्मीक पर्यटकीय क्षेत्र रौटेला , विष्णु मन्दिर तथा डडेल्धुराको मलास क्षेत्र सम्म जाने सडक खण्डको महाकाली सिचाई आयोजनाको नहर माथीको पुरानो पुल साघुराे र जिर्ण हुदा स्थानीयहरु लाई सास्ती भएको छ । उक्त ठाँउमा नयाँ पुल निर्माणका लागी बजेट विनियोजन भई सक्दा समेत बिगत बर्षहरुमा निर्माण व्यवसायीहरुले पुल निर्माणका लागी बोलपत्रमा भाग नलिदा पुल निर्माणको काम अलपत्र परेको थियाे ।

भीमदत्त नगरपालिकाको वडा नम्वर १, ३, ६, ७, ८, ९ र डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्वर ७ को मलास क्षेत्र समेत जोड्ने सडकमा रहेको उक्त पुल  जसरी पनी निर्माण हुनु पर्ने स्थानीयहरुको माग रहेको छ ।

उक्त पुल निर्माणका लागी पुर्वाधार विकास कार्यालय कञ्चनपुरले गत बर्ष ३ पटक बोलपत्र आव्हान गरेको थियो । कुल लागत अनुमान तिन करोड ६४ लाख ४० हजार रुपैया रहने गरि १५ मिटर लामो दुई लेनको पुल निर्माणका लागी पहिलो पटक २०७८ चैत्र १६ गते बोलपत्र आव्हान गरेको हो । पहिलो पटक कुनै पनी निर्माण व्यवशायीहरुले चासो नदिए पछी २०७९ बैशाख २३ गते दोस्रो पटक १५ दिने सुचना र २०७९। ०२। १४ गते तेस्रो पटक ७ दिने सुचना जारी गर्दा समेत कुनै निर्माण व्यवशायीले उक्त पुल बनाउन बोलपत्र नहाले पछी पुल निर्माण हुन सकेकाे थिएन ।


बजार क्षेत्रमा पुल निर्माण गर्नु पर्ने भएकाले निर्माण सामग्री राख्न पर्याप्त ठाँउ नभएको, बस्ति भएकाले पुल निर्माण गर्दा घरहरु लाई क्षती पुग्न सक्ने र नहरमा पानी भएकोले काम गर्न अप्ठेरो हुने हुदा निर्माण व्यवशायीहरुले बोलपत्र कवोल नगरेको उक्त समयमा कञ्चनपुरका निर्माण व्यवशायी निरञ्जन प्रसाद भट्टले बताउनु भएकाे थियाे ।

उक्त ठाँउमा महाकाली सिचाई आयोजना निर्माणका बेला निर्माण भएको सानो पुल जिर्ण भईसकेको छ भने उक्त पुलमा ठुला सवारी साधन आवागमन गर्न समेत कठिनाई हुने गरेको छ । साघुरो पुल भएको कारण उक्त पुलमा दिनहु दुर्घटना समेत हुने गरेको हुदा पुल निर्माण आवश्यक थियाे ।


#पुल निर्माण

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>