Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २७ गते बुधबार

गृहकाे निर्देशन पछि कंचनपुरका २ उद्याेग बन्द, प्रतिवेदन ७ दिन भित्र बुझाउने ।

कञ्चनपुरमा अवैध रूपमा सञ्चालित २ वटा क्रसर उद्योग बन्द गरिएको छ। गृह मन्त्रालय रबि लामिछानेले नेतृत्व सम्हाले पछि दिएकाे निर्देशनपश्चात् जिल्ला अनुगमन समितिले अवैध रूपमा सञ्चालित २ वटा क्रसर उद्योग बन्द गरिएको हो।

कृष्णपुर नगरपालिका–५ मा रहेको महरा निर्माण सेवा र सोही नगरपालिकामै रहेको कैलापाल कंक्रिट उद्योगले सञ्चालन गरेको क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल बताए।

उनका अनुसार महरा निर्माण सेवाले अनुमति नलिई क्रसर सञ्चालन गरेको र कैलापालले नवीकरण नगरेको पाइएको हो। ‘एउटाले अनुमति देखाउन सकेन, अर्कोले नवीकरण गरेको छैन,’ उनले भने, ‘अनुगमन टोलीले तत्काल बन्द गराएको हो।’

गृहले दर्ता नभई सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन भनेर निर्देशन दिएको थियो।  जिल्लामा रहेका अन्य क्रसर उद्योगको अनुगमनका लागि पनि जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी रानाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वको अनुगमन समितिले उपप्रमुखको संयोजकत्वमा अनुगमन उपसमिति गठन गरेको छ।

समितिमा प्राविधिकसँगै जिल्ला प्रशासनका कर्मचारीसमेत छन्। कञ्चनपुरमा हाल ५ वटा क्रसर उद्योग सञ्चालनमा छन्। उक्त उद्योगहरूको अनुगमन गरेर उपसमितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने समयावधि तोकिएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>