Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २७ गते बुधबार

मधेष प्रदेशमा सराेज यादव मुख्यमन्त्री नियुक्त ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । निवर्तमान सभामुखसमेत रहेका यादव बारा क्षेत्र नं। १ ९२० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आधा–आधा कार्यकाल गर्ने सहमति भएको छ । सोही सहमति अनुसार जसपाले पहिलो कार्यकाल नेतृत्व गर्ने अवसर पाएको हो ।


#मधेष प्रदेश

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>