Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २७ गते बुधबार

रेडक्रस सोसाईटी दोधारा उपशाखाको न्यानो कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई कम्वल ।

अत्याधिक चिसो बढेपछि नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले कम्वल बितरण गरेको छ् । नेपाल रेडक्रस सोसाईटी दोधाराले आफ्नो कार्य क्षेत्रमा रहेका जेष्ठ नागरिकहरुलाई ३० थान कम्वल बितरण गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल ठकुरीले जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा जोशी र वडा नं. १० वडाका वडा अध्यक्ष चन्द्र बहादुर सिंहको कार्यक्रम तथा योजना अनुसार बिजियोजन गरिएको रकमबाट ३० जना जेष्ठ नागरिकहरुलाई कम्वल बितरण गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल ठकुरीले बताएका छन् ।

जेष्ठ नागरिकहरुलाई कम्वल बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा जोशी, वडा नं. १० का वडा अध्यक्ष सिंह, वडा सदस्य कमला उपाध्याय, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल ठकुरी, दोधारा चाँदनी– ६ का वडा सचिव माहेन सुनार लगाएत जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो । 

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा जोशी र  वडा अध्यक्ष सिंहको कार्यक्रम तथा योजना अनुसार बिजियोजन गरिएको रकमबाट जेष्ठ नागरिकलाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य तथा दोधारा चाँदनी– ७ का वडा सदस्य कमला उपाध्याय्ले बताएका छन् । झण्डै एक साता देखि जारी अत्याधिक चिसोबाट बृद्धबृद्धाहरुलाई जोगाउन कम्वल वितरण गरेको उनले बताए ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ देखि १० वडाका गरिब तथा बिपन्न जेष्ठ नागरिकहरुलाई कम्वल बितरण गरिएको नेपाल रेडक्रसा सोसाईटी दोधारा उपशाखाले जनाएको छ् । आज नेपाल रेडक्रसा सोसाईटी दोधारा उपशाखा कार्यालयमा आयोजित एक कार्यक्रममा कम्वल बितरण गरिएको हो ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>