Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २८ गते बिहिबार

नेपाल प्रहरिका १७ डिआईजिकाे सरुवा काे कहाँ परे शुचि सहित ।

 नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार आवश्यकताका आधारमा उनीहरूको काज सरुवा गरेको हो। काज सरुवा अनुसार सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख फेरिएका छन्।

काज सरुवा हुनेमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईसमेत छन्। उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर, दाङमा काज खटाइएको छ। यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन्। कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन्।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन्। अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन्। गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन्।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए। विमानस्थलमा किरण राणा खटाइएकी छन्। विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन्। यस्तै दुर्गा सिंहलाई भरतपुर शिक्षालय पठाइएको छ।


#प्रहरि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>