Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २८ गते बिहिबार

उपप्रधान तथा गृहमन्त्रीकाे निर्देशन भारतबाट आउने कुखुरा र कुखुराजन्य बस्तु राेक ।

उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक  चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए ।

छलफलका क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारणस्वदेशी व्यावसायी मर्कामा परेको गुनासो गरेका थिए । लामिछानेले त्यहीँबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएका नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताए ।  नेपाल पोल्ट्री महासंघका उपाअध्यक्ष पाेखरेलले कुल राष्ट्रिय आयमा चार प्रतिशतको योगदान गर्ने, हजारौंलाई रोजगारी दिने आत्मनिर्भर व्यवसाय कुखुरापालन धराशायी भएको गुनासो गरे ।

भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिएको, दानाको कच्चा पदार्थको मूल्यवृद्धि भएको, बैंकको ब्याजदर बढेको र लागत अनुसारको मूल्य पाउन नसकेका कारण साना लगानीका व्यावसायी पलायन भइसकेको र ठूला व्यवसायी पलायनको नजिक पुगेको उनले बताए ।

चितवनका ३८४ ह्याचरी उद्योगमध्ये हाल २०० मात्रै सञ्चालनमा छन् । विगतमा एक हप्तामा ४५ लाखसम्म चल्ला उत्पादन हुँदै आएकोमा अहिले घटेर २५ लाखमा झरेको छ । त्यसमा पनि उत्पादन भएका आधा चल्ला बिक्री गर्न समस्या भएको व्यवसायीहरु बताउँछन् ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार ५–१० हजार कुखुरा पाल्ने ६० प्रतिशत व्यवसायीले व्यवसाय बन्द गरिसकेका छन् । लेयर्स चल्ला उत्पादन गर्ने देशभरिका १४ वटा ह्याचरीमध्ये २ वटा मात्रै पूरा क्षमतामा सञ्चालनमा छन् । बाँकी १२ मध्ये कुनै बन्द भएका छन् भने कुनै उत्पादन घटाएर बसेका छन् । अहिलेकै अवस्था कायम रहेमा र सरकारले कुनै सहयोग नगरेमा २०८० सालसम्म नेपालका धेरैजसो पोल्ट्री व्यवसाय बन्द हुने ब्यवसायीहरु बताउँछन् ।

केही दिन अगाडि महासंघको टोलीले पश्चिम नेपालको नेपालगञ्ज नाकासम्मको स्थलगत भ्रमण गरेको थियो । सो क्रममा नेपालगञ्जमा रहेको डीके सप्लार्यस र बर्दघाटको न्यू दाउन्ने एग्रो सप्लायर्समा भारतबाट ल्याएको कुखुराको चल्ला, अण्डा र मासु भेटिएपछि सुरक्षा निकायको सहयोगमा छापा हानेर सिल गरिएको छ । ती सप्लार्यस सञ्चालकलाई पक्राउ गरी हाल प्रहरीले अनुसन्धान गरिरहेको ह्याचरी उद्योग संघका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए ।

केही समयपछि बीरगञ्ज लगायतका क्षेत्रमा स्थलगत अध्ययनका लागि जाने पोखरेलले बताए । नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्छ । त्यसैले सीमावर्ती क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको देखिन्छ । सुदूरपश्चिमका कैलाली र कंचनपुरका भारत संग सिाा जाेडिएका नाकाकाट धेरैजसाे हप्तामा कुखुरा किसानले समात्ने गरेका छन ।भारतमा बिक्री गर्न नमिल्ने गरी बुढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको व्यवसायीहरुको बताउँछन् । ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ । तर बजारमा बुढा कुखुराको रेशा भएको मासु आउने गरेको व्यवसायीहरु बताउँछन् ।











#कुखुरा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>