Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २८ गते बिहिबार

शुक्लफाँटा ८ अध्यक्ष महराकाे राजिनामा फिर्ता फर्किए काममा ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महराले राजिनामा फिर्ता लिएका छन । बिहीबार वडाध्यक्ष महराले राजिनामा फिर्ता लिएका हुन ।

नगरपालिकामा अनियमितता भएको भन्दै गत साता वडाध्यक्ष महराले १२ औँ नगर सभा चलिरहेकै बेला मेयर रण बहादुर महरालाई राजिनामा बुझाएका थिए ।

पहिलो कार्यकालमै वडाध्यक्ष भएपछि लोकप्रिय काम गरेका महराले दोस्रो पटक अध्यक्षमा निर्वाचित भएको बर्षदिन नपुग्दै पदबाट राजिनामा दिएपछि उनीमाथि स्थानीय जनता र माओवादी पार्टिबाट ब्यापक जनदवाव थियो ।

वडाध्यक्ष महराले नगर प्रमुख रण बहादुर महरासंग नगरपालिका भित्र भएको विभिन्न बेतिथिको तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा कार्यपालिका मार्फत आवश्यक छानबिन र कार्बाही गर्ने सहमती भएपछि राजिनामा फिर्ता लिएको बताए ।

वडाध्यक्ष महराले शुक्लाफाँटा नगरमा संचालित एडिबीको ऋण सहयोगमा निर्माणाधिन योजनामा भएको ढिलासुस्ती छानबिन गरेर कार्बाही गर्ने, नगरपालिका भित्र घर नम्बर प्रकरण लगायतका विभिन्न भ्रष्टाचारजन्य कामकार्बाही निष्पक्ष छानबिन र कार्बाही सहितका विषयमा सहमती भएको बताए ।

 

शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले वडाध्यक्ष बहादुर सिह महराको राजिनामा फिर्ताका लागि निवेदन आएको बताए । वडाध्यक्षको पदबाट राजिनामा दिएको एक साता(सात) दिनमै फिर्ता लिएर महरा नियमित वडाको काममा फर्किएका छन ।

 

वडाध्यक्ष महरा नियमित काममा फर्किएपछि स्थानीय हर्षित भएका छन । स्थानीयले नगरपालिकामा कुनै समस्या आउँदैमा सनकको भरमा राजिनामा दिन नहुने सुझाव दिदै आएका छन ।


#बहादुर महरा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>