जाडोले सर्वसाधारणको जनजिवन कष्टकर बन्दै गए संगै दोधारा चाँदनी नगरपालिकामा ८० घरपरिवारलाई कम्वल बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा दबी जोशीको यस अर्थिक वर्षको न्यानो कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. १ देखि १० वडामा रहेका गरिब तथा बिपन्न जेष्ठ नागरिकहरुलाई छनौट गरि कम्वल बितरण गरिएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका ८० जना बिपन्न तथा असाहय जेष्ठ नागरिकहरुलाई एक– एक थान कम्वल बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । चिसोबाट मानविय क्षती हुन सक्ने अबस्था भएको हुदा चिसोबाट बच्नको लागी कम्बल बितरण गरिएको बताईएको छ् । बृद्ध बृद्धा तथा असहाय, अपाङ्ग भएका ब्याक्तिहरुलाई बाक्लो कपडा नहुदा चिसोमा कठान्ग्रीएर बस्नु परेको अवस्था थियो । जाडोमा कम्वल पाउदा बिपन्न तथा असाहय जेष्ठ नागरिकहरु खुशी भएका छन् । बिपन्न तथा असाहयक जेष्ठ नागरिकलाई कम्वल बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र लगाएत जेष्ठ नागरिक तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा दबी जोशीले यस आर्थिक वर्षको निती तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका सबै वडाबाट छनौट गरि ८० जना बिपन्न, असहायक तथा जेष्ठ नागरिकहरुलाई शितलहरबाट बच्न कम्वल बितरण गरिएको बताएका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया