Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ३० गते शनिबार

डडेल्धुरामा बालक जमिनमा गाडेकाे अवस्थामा मृत फेला, साैतेनि आमा सहित २ जना पक्राउ ।
फायल तस्बिर

डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको छ।

घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन् गरेर निकालिइएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।

‘शव पुरै सडेको अवस्थामा छ, घटना केही दिन अगाडि भएको जस्तो देखिन्छ,’ उनले भने, ‘मुचुल्का उठाउँदैछौं ।’
उनको हत्याको कारण खुल्न सकेको छैन। घटनाको अनुसन्धानको लागि मृतक बालककी आमा र सौतेनी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘घटना शंकास्पद देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक बडूले भने।
अनुसन्धानका लागि प्रहरीले बालककी आमा ३४ वर्षीया कलामती बोहरा र सौतेनी आमा ३० वर्षीय जानकी बोहरालाई नियन्त्रणमा लिएको हो।

मृतक बालक बोहराको घरमा दुई आमा र उनको दाइ बस्थे। बुवा रोजगारीका लागि भारतमा छन्।

डाँडाखर्कका बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएनन्।

पुस २७ गते स्थानीय दानबहादुर विष्टले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। त्यसपछि घरपरिवारसंग बुझ्दा बालक १२ गतेदेखि सम्पर्क नरहेको खुलेको थियो।

बालकको हत्या गरेर शव खाल्डोमा पुरिएको शंका लागेपछि विज्ञ टोली लिएर प्रहरीले उत्खनन् गर्दा शव फेला परेको थियो।


#अपराध

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>