सशस्त्र प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेको छ । भुडास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) ले बेलौरी नगरपालिका–१० भुडाबाट बोइलर कुखुरा बरामद गरेको हो।
शनिबार बिहान वरिष्ठ हवल्दार सुरेश धामीको कमाण्डमा खटिएको सशस्त्र टोलीले सीमा क्षेत्रबाट ७० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेको थियो।
कुखुरासँगै से १ प ४८८९ नम्बरको मोटरसाईकल पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका १५ हजार मुल्य बराबरको ७० केजी बोइलर कुखुरा पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएका छन्।
चोरी तस्करीको माध्यमबाट खुला सीमा क्षेत्रबाट कुखुरा तथा चल्ला भित्रिन थालेपछि नेपाली कुखुरापालक व्यवसायी मारमा परेको उनीहरुको गुनासो छ।
कञ्चनपुरसँग जोडिएको भारतीय सीमावर्ती बजारबाट खुलेआम नेपालमा प्रतिबन्धित कुखुरा तथा चल्ला भित्रिने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया