Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ३० गते शनिबार

अबैध ट्याब्लेट राखेकाे भन्दै बेलैरिकाे एक मेडिकल सिल ।
फायल फाेटाे

कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेका सामुदायिक अस्पताल र मेडिकलहरुमा अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर र औषधी व्यवस्था विभाग नेपालगञ्जको संयुक्त टोलीले बेलौरीका औषधी पसलहरुको अनुगमन गरेको हो।

अनुगमन टोलीले बेलौरी बजारमा सञ्चालन गरिएको जगदम्बा अस्पतालको फार्मेसी सिल गरेको छ।

अनुमति नलिएर सञ्चालन तथा प्रतिबन्धित औषधी बिक्री गर्ने गरेको जन गुनासो बढेपछि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रवक्ता धर्मराज जोशीले बताए।

अनुगमन टोलीले ३ वटा फार्मेसीहरुमा अनुगमन गरेको थियो। टोली बेलौरी पुग्दा अधिकांस मेडिकलहरु बन्द थिए।

अनुगन टोलीले बाशुदेव मेडिकल, इशान मेमोरियल अस्पताल र जगदम्बा अस्पतालमा अनुगमन गरेको थियो।

प्रवक्ता जोशीले अनुगमनका क्रममा जगदम्बा अस्पतालको फार्मेसीमा विशेषज्ञ चिकित्सकको सल्लाह बिना गर्भपतन गराउन प्रयोग गरिने ट्याब्लेट बिक्री गरिएको पाइएको बताए।


#मेडिकल सिल

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>