Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०१ गते आइतबार

पाेखरा प्लेन दुर्घटनामा बिलाए महेन्द्रनगरका भट्ट आमा छाेरा ।

 पोखरामा आइतबार भएको जहाज दुर्घटनामा ७२ जना मध्ये २ जना कंचनपुरका पनि परेका छन ।  महेन्द्रनगरमा लामाे समयबाट ब्यावसायमा संग्लग्न सञ्जिवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन्। 

व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक दुर्घटनामा परेका हुन्। उनीहरु आइतबार बिहान काठमाडौं बाट यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए।

संन्जिवचन्द्र पाेखरामा भएका समय माघीमा पाेखरा घुमेर पोखराबाटसँगै काठमाडौं फर्किने योजनामा पाेखरा उडेका पारिवारिक स्राेत बताउछ । भट्टका श्रीमती र छाेराहरु काठमाडौंमै बस्ने गरेका छन ।

भट्ट पुस पहिलाे साता महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्। उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए।

भट्टकी जेठी छोरी चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन्। अर्की छोरी आइटी इन्जिनियर हुन्। उनी काठमाडौंमै काम गर्छिन्। 

भट्ट महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हुन्। उनको महेन्दनगर बजारमा पशुपती इम्पोरियम छ। भट्टले कञ्चनपुर उद्योग बाणिज्य संघको अध्यक्षमा दुई पटक प्रतिस्पर्धा गरेका थिए।

व्यवसायीको परिवार जहाज दुर्घटनामा परेपछि महेन्द्रनगरका व्यवसायीहरु समेत दुःखी र चिन्तित छन्। महेन्द्रनगरका ब्यावसायि माधव जोशीले यो दुःखद घटनाले मर्माहत भएको र यस क्षेत्रका उद्योगी व्यवसायी ठूलो शोकमा परेको बताए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>