Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०२ गते सोमबार

महेन्द्रनगर समेत देशका अधिकाँस ठाउँमा पत्रकार पाैडेल समेत प्लेन दुर्घटना मृतकलाई श्रद्धाञ्जली ब्यक्त गरियाे ।

आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी दिवङगन भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा कञ्चनपुर महेन्द्रनगरमा समेत दिप प्रज्वलन गरिएको छ ।

सोमबार  नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले मदन चोकमा पत्रकार पौडेलको स्मृतिमा दिप प्रज्वलन गरेको हो । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले पत्रकार महासंघका केन्द्रीय सदस्य एव प्रेस सेन्टर नेपालका उपाध्यक्ष पत्रकार पौडेलको स्मृतिमा शोक सभा एव दिप प्रज्वलन गरेर आत्माको शान्तिको कामना गरिएको बताए ।

दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्ना सहितका पत्रकार महासंघ प्रदेश, जिल्लाका पदाधिकारी, सदस्य सहितको सहभागिता रहेको थियो पौडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए ।

 
प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौं आएका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । पत्रकार महासंघ, प्रेस सेन्टरका देशैभरीका विभिन्न प्रदेश, जिल्ला, प्रतिष्ठान शाखाले दिवङगत भएका पत्रकार पौडेलको स्मृतिमा शोक सभा एव दिप प्रज्वलन गर्दै नेपाली आकाश सुरक्षित राख्नुपर्नेमा जोडबल गर्दै आएको छ ।

महेन्द्रनगर समेत कंचनपुरकै बेलाैरि, कैलाली कपिलबस्तु लगायत देशैभरका धेरै ठाउँमा पाेखरा प्लेन दुर्घटनामा ज्यान गुमाएका प्रति मैनबत्ति बालेर श्रद्धाञ्जली ब्यक्त गरिएकाे छ ।


#प्लेन दुर्घटना

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>