Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
काठमाडौं
२०७९ माघ ०२ गते सोमबार

सत्ता गठबन्धनले मन्त्री पदकाे भागबण्डा टुङ्ग्यायाे भाेलि १ बजे सफथ ग्रहण हुने ।
फायल फाेटाे

सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । यद्यपि कुन पार्टीलाई कति मन्त्रालय दिने भन्नेबारेमा भने उनले केही खुलाएनन् । उनले भोलि १ बजेभन्दा अघि अहिलेको सहमति परिवर्तन पनि हुनसक्ने बताए । 

‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही चेन्ज भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए । त्यस्तै उनले भोलि १ बजे मन्त्रीहरुको सपथ राखिएको समेत जानकारी दिए ।

जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको डिमान्डले गर्दा दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ । सपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ ।


#सत्ता गठबन्धन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>