Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ माघ ०३ गते मङ्गलबार

सुदूरपश्चिम प्रदेशसभामा तेस्राे प्रयासमा चुनिए सभामुख ।

सुदूरपश्चिममा नेकपा एमाले नेतृत्वको सत्तारुढ गठबन्धनले सभामुखका लागि तेस्रो प्रयासमा बहुमत जुटाउन सफल भएको छ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी प्रदेश सभाबाट बहुमत पाएपछि आज मंगलबार सभामुख चयन भएका छन्। मतविभाजनमा उनको पक्षमा २९ मत र
विपक्षमा २३ मत खसेको छ।

सभामुखको मतविभाजनमा ५२ सांसद सहभागी थिए। माओवादीका भण्डारीलाई सत्तारुढ एमाले, नागरिक उन्मुक्ति र राप्रपाले मतदान गरेको छ।

माओवादीका भण्डारीलाई सभामुख चयनका लागि प्रदेश सभामा दर्ता प्रस्तावको पक्षमा तत्काल कायम प्रदेश सभा सदस्यको बहुमत मत खसेकोले सभाध्यक्ष शिवराज भट्टले भण्डारी सभामुख चयन भएको घोषणा गरे।

अर्को बैठक आजै दिउँसो १ बजे बस्ने छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९, नेकपा एकीकृत समाजवादी ४ र एक स्वतन्त्र सांसद प्रतिपक्षमा छन्।

नेकपा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनको पक्षमा २९ सांसद छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>