Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
काठमाडौं
२०७९ माघ ०४ गते बुधबार

संघिय संसदका सभामुखकाे निर्वाचन भाेलि न्याैपाने र घिमिरेकाे उमेदवारि दर्ता, कस्काे हाेला बिजय ।

प्रतिनिधि सभाको सभामुख पदमा २ जनाको प्रतिस्पर्धा हुने भएको छ । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधवार सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दलतर्फबाट कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गरेसँगै सो पदमा घिमिरे र न्यौपानेबिच प्रतिस्पर्धा हुने भएको हो । सभामुख चयनका लागि बिहीबार निर्वाचन  हुँदैछ ।

उम्मेदवारी दर्ता अघि कांग्रेसले सरकार बाहिर रहेका दलहरूबिच मोर्चाबन्दी गर्ने प्रयासस्वरुप एकीकृत समाजवादी, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग छलफल गरेको थियो । कांग्रेसबाट उम्मेदवारी दिएकी न्यौपानेको समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् । तर जसपा र लोसपा प्रस्तावक र समर्थक दुवैमा नबसेपछि ती पार्टीका सांसदहरूको मत कुन उम्मेदवारलाई दिन्छन् भन्ने अहिले नै निश्चित भएको छैन ।

जसपा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी भएका छैनन् । प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्दा जसपालाई दुई मन्त्रालय भाग लगाएपनि भागबन्डामा कम मन्त्रालय दिएको भन्दै सरकारमा सहभागी भएको छैन ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परेपनि सांसदको अङ्कगणितका आधारमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका सांसद घिमिरे निर्वाचित हुने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमध्ये घिमिरेको पक्षमा १४५ भन्दा बढी सांसदले मतदान गर्ने निश्चित जस्तै भएको छ । सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात १३८ सांसद (मत) आवश्यक पर्छ ।

घिमिरेले उम्मेदवारी दर्ता गर्दा प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङ बसेका छन् भने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेता समर्थक रहेका छन् । प्रतिनिधि सभामा नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद छन्, यो सङ्ख्या जोड्दा १४५ पुग्छ । घिमिरेलाई जसपा र लोसपाले पनि मत दिए यो उनको पक्षमा १६० मत कट्ने देखिन्छ । जसपाका १२ सांसद छन् भने लोसपाका ४ जना सांसद रहेका छन् । यसबाहेक स्वतन्त्र सांसद प्रभु साह, अमरेश सिंहलगायतले समेत घिमिरेलाई सहयोग गर्न सक्ने भएकाले घिमिरेको जित निश्चित रहेको सत्ता गठबन्धनका नेता बताउँछन् ।


#सभामुख

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>