Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०५ गते बिहिबार

सभामुखमा एमालेका घिमिरे निर्वाचित, यस्ताे प्राप्त मत ।

प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे  निर्वाचित हुनुभएको छ । विहिबार भएको निर्वाचनबाट घिमिरे सभामुख पदमा निर्वाचित हुनु भएको हो । प्रतिनिधि सभामा २६८ जना सांसद उपस्थित रहेकोमा घिमिरेको पक्षमा १६७ मत परेको थियो । उहाँको विपक्षमा १०० मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको संसद सचिवालयले जनाएको छ । 

घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलको समर्थन रहेको थियो । आजको निर्वाचनमा वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी भने अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।

सभामुखको निर्वाचनमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले कांग्रेसका इश्वरीकुमारी न्याैपानेलाई उम्मेदवार बनाएका थिए । 


#सभामुख

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>