विद्युतीय धरापमा परेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुई वटा गैँडाको मृत्यु भएको छ । मृत फेला परेका गैँडा एउटा माउ र अर्को बच्चा रहेका छन् ।
निकुञ्ज प्रशासनका अनुसार अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक शुक्रबार दिउँसो अन्दाजी ४ वर्ष उमेरको एक सिंगे गैँडा मृत फेला परेको छ । यसैगरी सोही स्थानमा अन्दाजी १४ वर्षको माउ गैँडा पनि मृत फेला परेको हो ।
घटनास्थलमा गैँडाको खाग भेटिएको छैन । चोरी शिकारी भएको आशंकासहित निकुञ्ज कार्यालयबाट थप अनुशन्धान भैरहेको जनाइएको छ । यससँगै निकुञ्जमा चालु आर्थिक वर्षमा मृत्यु हुने गैडाको संख्या १० वटा रेकर्ड गरिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया