Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०८ गते आइतबार

बुद्घ एअर २५ बर्ष पुराना २ जहाज बेच्दै ।

नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो पुरानो जहाज बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो हवाई सेवाको शुरुवाती जहाज १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बेच्न लागेको हो । कम्पनीका अनुसार क्यानडाको स्काइलिंक कम्पनीले उक्त जहाज खरिद गर्न लागेको हो ।

बुद्ध एयरले आफ्नो स्थापनाकाल सन् १९९७ मा ‘नाइन एन (एईई र  सन् १९९८ मा ’नाइन एन एईडब्लूु दुईवटा जहाज खरिद गरेको थियो । २५ वर्षअघि प्रतिएयरक्राफ्ट ४.५ मिलियन अमेरिकी डलरमा खरिद गरिएको उक्त जहाज क्यानडियन कम्पनीलाई बिक्री गर्न लागिएको बुद्ध एयरले जानाएकाे छ। 

पुरानो जहाजको मर्मत खर्च तथा व्यवस्थापनमा समस्या भएपछि कम्पनीले आफ्नो पुरानो जहाज बेच्न लागेको हो । यद्यपि, पुरानो जहाज भएपनि उचित मेन्टेनेन्सपछि जहाजले काम गर्ने हुदा क्यानडियन कम्पनीले खरिद गर्न लागेको बुद्ध एयरको भनाइ छ । योसँगै कम्पनीले तीनवटा नयाँ एटीआर जहाज तत्काल थप्ने तयारी गरेको छ । हाल बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर–७२ ५०० एयरक्राफ्टसँगै ३ वटा एटीआर–४२ जहाज रहेका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>