Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०९ गते सोमबार

मदन पुरस्कार विजेता रामलाल जोशीको बाआमा कृतिमाथि परिचर्चा ।

मानसखण्ड फाउण्डेसनले साहित्यकार रामलाल जोशीद्वारा लिखित बाआमा कृतिमाथि परिचर्चा  कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेसनका अध्यक्ष नारा जोशीको अध्यक्षता तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्तको प्रमुख आतिथ्यतामा महेन्द्रनगर स्थित महाकाली होटलको सभाकक्षमा आज आइतबार मदन पुरस्कार विजेता रामलाल जोशीको तेस्रो आख्यान कृति बाआमाबारे परिचर्चा कार्यक्रम गरिएको हो ।

फाउण्डेसनका सचिव हेमबाबु लेखकले सञ्चालन गरेको उक्त कार्यक्रममा निवर्तमान  अध्यक्ष रमेश पन्त मीतबन्धुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सारदा विद्यापीठका उपप्राध्यापक हरिप्रसाद खतिवडा, साहित्यकार जगदीश ओझा, कविराज भट्ट तथा अमित प्रसाद भट्टले कृतिमाथि समीक्षात्मक परिचर्चा गरेका थिए ।

ग्रामीण समुदाय र विभिन्न समयको राजनीतिक, सामाजिक परिवेश एवम् वर्तमान समाजको यथास्थितिबारे चित्रण गरि लेखेएको यो कृति नेपाली आख्यानमा एक महत्वपूर्ण कृति बनेको समीक्षक खतिवडाले बताउनुभयो । त्यसैगरी सुदूरपश्चिममै रहेर एउटा सशक्त कृतिको सिर्जना गरी यस क्षेत्रको भाषा, ग्रामीण परिवेश र वर्तमान समाजका विकृति विसङ्गतिहरुको वस्तुपरक चित्रण गरी लेखिएको यो कृतिले आख्यानका पाठकहरुका लागि महत्वपूर्ण खुराक बनेको र विगतका कृतिहरुभन्दा पनि बाआमा अब्बल रहेको समीक्षक जगदीश ओझाले बताउनुभयो ।

कार्यक्रममा सारदा विद्यापीठमा प्राचार्य भोजराज जोशी लगायत विभिन्न शुभकामना तथा टिप्पणी प्रस्तुत गर्ने विभिन्न विद्वानहरुले यो कृतिमा मेरो आफ्नै कथा लेखिएको अनुभव भएकाले यो कृति रामलाल जोशीले लेखेपनि सबैको कथा समेटेको महत्वपूर्ण कृति बनेको राय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली तथा डोट्याली भाषा, साहित्य एवम् संस्कृतिमा गरेको योगदानका लागि मानसखण्ड फाउण्डेसनले कृतिकार रामलाल जोशीलाई सम्मानपत्र प्रदान तथा दोसल्ला ओडाएर सम्मान पनि गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्तले सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बाआमाजस्तो महत्वपूर्ण कृति नेपाली साहित्यमा थपिनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो यस क्षेत्रमा रहेका लेखक साहित्यकारहरुका कृतिहरु बारे यसरी परिचर्चा क्रार्यक्रम राखी लेखकहरुलाई हौसला प्रदान गर्ने महत्वपूर्ण काम मानसखण्ड फाउण्डेसनले गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता महत्वपूर्ण कार्यहरुमा आफ्नो तर्फबाट हुने साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

करिब तीन घन्टाजति चलेको उक्त कार्यक्रममा उप.प्रा. श्यामसुन्दर ढकाल, बीर बहादुर चन्द बिस्राम, गडसेरी माइला, नारायण लम्साल, चन्द्रकला पन्त, मधु हमाल, तुलसी पण्डित, लोकविक्रम मल्ल, तोयराज भट्ट, प्रेमप्रकाश कलौनी, ध्रुव अवस्थी, प्रेमप्रकाश कलौनी, नमिता चन्द, प्रेम सिंह, महादेव अवस्थी, भुपी अवस्थी, लगायत विभिन्न साहित्यकार, पत्रकार लगायत विभिन्न क्षेत्र एवम् पेशा व्यवसायमा आबद्ध व्यक्तिहरुको उपस्थिति थियो ।


#बाआमा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>