Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०९ गते सोमबार

खर खडाईका लागि निकुन्ज प्रवेश गर्दा यस्ता नियम पालना गर्नुपर्ने छ ।

आज देखि शुक्लफाँटा राष्ट्रिय निकुन्जमा खरखडाई शुरू गरिएको छ । यस क्रममा वन्यजन्तुबाट क्षति भए निकुञ्ज कार्यालय जिम्मेवार नहुने सूचना निकाल्दै खरखडाई शुरू गरिएको हो ।

निकुञ्ज कार्यालयले आज ९ गते देखि ११ गते सम्म तीन दिनका लागि खरखडाई खोलेको छ । निकुन्ज अन्तर्गतका रेञ्जर पोष्टले निकुञ्ज पस्ने घाट र सो अवधिमा लागुहुने नियम सार्वजनिक गर्दै सबैले पालना गर्नुपर्ने बताएको छ ।


निकुञ्जबाट खरखडाई संकलन तथा ओसार पसार गर्दा अपनाउनु पर्ने नियमहरु:-
विहान ६:०० बजे देखि ३:०० बजे सम्म मात्र हुनेछ तोकिएको समय भन्दा फरक समयमा पक्राउ परेमा खरखडाई समेत सबै सामान जफत गरी प्रचलित ऐन कानुन बमोजिम कारवाही हुनेछ ।

बिना पुर्जि तथा पुर्जीमा नाम फरक परेको व्यक्ती निकुञ्ज भित्र प्रवेश गरेमा सबै सामान जफत गरी प्रचलित ऐन कानुन बमोजिम कारवाही हुनेछ ।

निकुञ्ज भित्र प्रवेश गर्दा हसिया र डोरी बाहेक अन्य कुनै पनि हातहतियार लग्न पाउने छैन तोकिएको बाहेक अन्य सामान पक्राउ परेमा सबै सामान जफत गरी प्रचलित ऐन कानुन बमोजिम कारवाही हुनेछ ।

निकुञ्ज भित्र प्रवेश गर्दा ज्वलनशील पदार्थ (सलाई, लाइटर, आदी) सामग्री लग्न पाइने छैन र निकुञ्ज क्षेत्रमा आगो लगाएमा निजलाई पक्राउ गरी निकुञ्जको मुख्यालयमा लगि मुद्दा दर्ता गरी प्रचलित ऐन कानुन ‘बमोजिम कारवाही हुनेछ ।

खरखडाई बाहेक अन्य सामग्री संकलन गरेमा सबै सामान जफत गरी प्रचलित ऐन कानुन बमोजिम कारवाही हुनेछ ।

निकुञ्ज सुरक्षार्थ खटिएको कर्मचारीले आवश्यक सोधपुछ गर्दा सबै प्रश्नहरुको जवाफ दिनु पर्नेछ र आवश्यक भएमा शरिर / सामान / खान तलासि समेत गर्न सक्ने छ ।

तोकिएको घाट बाहेक अन्य स्थानबाट खरखडाई संकलन तथा ओसार पसार गरेको भेटिएमा सबै सामान जफत गरी प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।

निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरुबाट दुर्घटना हुन सक्ने सम्भावना भएकोले सावधानी पूर्वक खरखडाई संकलन गर्नु पर्नेछ सो क्रममा कुनै वन्यजन्तुबाट क्षति भएमा सो को जिम्मेवारी स्वयमले लिनु पर्नेछ (निकुञ्ज कार्यालयले कुनै प्रकारको क्षति पुर्ती दिने छैन) तसर्थ असक्त, बालक, वृद्ध, बिरामी, गर्भवती मानिसहरु निकुञ्ज प्रवेध नगर्नु होला ।

परिचय खुल्ने कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र आदी) देखाएर मात्र खडाईका लागि निकुञ्ज प्रवेश गर्न पाउने छ ।


#राष्ट्रिय निकुन्ज

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>