Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०९ गते सोमबार

प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगर आउदै, व्यापार मेला उद्घाटन  अधुरा याेजना अनुगमन गर्ने ।

कञ्चनपुर उद्योग वाणिज्य संघले फागुन १ देखि महेन्द्रगर खुला मञ्चमा संचालन गर्ने व्यापार औद्योगिक महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई निमन्त्रणा दिएको छ । 

सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीले महेन्द्रगर खुला मञ्चमा संचालन गर्ने व्यापार औद्योगिक महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई निमन्त्रण दिएको हो । 

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बाेहराले प्रधानमन्त्री प्रचण्डलाई महोत्सवको प्रमुख आतिथ्यको निमन्त्रण दिएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नियमन्त्रणा दिएका थिए । 

उनका अनुसार निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले सुप प्रदेशमा रहेका अधुरा योजना सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र, गेटा मेडिकल कलेज सहितका योजनाको स्थलगत अनुगमन गर्ने समेत बताएका थिए ।

 निमन्त्रणा कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री खगराज भट्ट, प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल), पुर्व संसद रेनु चन्द, वाणिज्य संघका महासचिव खगेश्वर बोहरा, कोषाध्यक्ष चेतराज जोशी लगायतका वाणिज्य संघका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गर्नुका साथै सुप प्रदेश क्षेत्रका अधुरा योजनाको स्थलगन अनुगमन एव निरीक्षण गर्ने बताएपछि कञ्चनपुरका सरोकारवाला उत्साहित भएका छन ।


#उद्याेग वाणिज्य

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>