Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०९ गते सोमबार

कंचनपुरमा ठुलाे मात्रामा अबैध काठ बरामद, ट्याक्टर सहित ८ जना पक्राउ ।
फायल फाेटाे

कञ्चनपुरकाे भीमदत्तनगर र लालझाडीबाट  ठूलो मात्रामा अवैध काठ बरामद गरिएको छ।

आइतबार दिउँसो लालझाडी गाउँपालिका–४ देखतभुली र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध काठसहित ८ जनालाई पक्राउ गरिएको छ।

डिभिजन वन कार्यालय कञ्चनपुर र लालझाडि सव–डिभिजन वन कार्यालयको टोलीले लालझाडिकाे देखतभुली बस्ने मौले राना, सुबिता राना, काली राना, मोति राना, भंगी राना, विक्रम राना र कृष्णपुर नगरपालिका बस्ने हरि चौधरीको घर आगनमा लुकाइछिपाई राखिएको काठ बरामद गरेको हो।

स्राेतकाअनुसार २४५ दशमलव ७५५५ क्यूफिट अबैध सालको चिरान काठ र गोलिया बरामद  गरेकाे छ । काठ समेत सातै जनालाई आवश्यक कारवाहीको लागि वाणी सव डिभिजन वन कार्यालयमा राखिएकाे छ लालझाडि वन सव डिभिजनका प्रमुख हरिनारायण यादवले बताएका छन ।

यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरका ३८ वर्षीय सागर बिष्ट पनि अवैध काठसहित पक्राउ परेका छन्। 

उनले चलाएको म. १ त. ६९८ नं. को ट्याक्टरमा ५ थान (३५.५ क्यू्फिट) सिसमको गोलिया भेटिएको छ।

ट्याक्टर, काठ, आरा र चालक बिष्टलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको कंचनपुर प्रहरीको भनाई छ।


#काठ चाेरि तस्करि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>