Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
बाजुरा
२०७९ माघ १० गते मङ्गलबार

आर्थिक अभावले बाजुरामा प्रसुति हुन नसकेर महिलाकाे मृत्यु ।
फायल तस्बिर

बाजुरामा प्रसुती सेवा नपाएर बाटोमै अकालमा एक महिलाकाे मृत्यु भएको छ ।

जिल्ला अस्पताल बाजुराले रेफर गरेपछि प्रसुती सेवा लिन बसमा महेन्द्रनगर जादै गरेकी  बडिमालिका नगरपालिका १ पिनालेखकी २६ वर्षीया जानकी विक लुहारको बाटोमा मृत्यु भएको हो ।

दोस्रो पटक गर्भवती भएकी जानकीलाई प्रसुती व्यथाले च्यापेपछि माघ ८ गते जिल्ला अस्पताल पुर्याईएको थियो । अस्पतालले मुटुको समस्या भएकी जानकीलाई प्रसुती सेवा दिन नसक्ने भन्दै महेन्द्रनगर रेफर गरेको थियो ।
जानकीका पति रमेश बिकले आर्थिक अभावमा एम्बुलेन्सको व्यवस्था गर्न नसक्दा बसमा महेन्द्रनगर लैजादै गर्दा बाटोमा जानकीको प्रसव व्यथाले च्यापेर मृत्यु भएको बताए ।
जानकीलाई बसमा असहज भएपछि अछाम र डोटीमा सीमानामा रहेको चौखुट्टेमा झारेर त्यहाँबाट जीपको व्यवस्था गरी अछामको बयलपाटा अस्पताल लगिएको थियो । जानकीको बयलपाटा अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको रमेशले बताए ।

बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले अस्पताल पुर्याउनुअघि बाटोमै मृत्यु भएकी जानकीको बच्चाको पनि पेटमै मृत्यु भएको जानकारी दिईन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>