Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १० गते मङ्गलबार

बाजुरा केन्द्रबिन्दु बनाएर गयाे ५.९ रेक्टरकाे भुकम्प ।

सुदूरपश्चिम सहित नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २ः४३ बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुराको  मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो। 

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी तीर्थराज दाहालले बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको बताए। भूकम्पको झट्का महसुस भएका क्षेत्रका भौतिक संरचना सामान्य चिरा परेका छन्। 

बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ। बझाङमा केही अन्य घरहरुमा पनि क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>