Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ११ गते बुधबार

निकुन्ज बिस्तापित महिला निकुन्जकै हात्तिकाे आक्रमणमा घाईते ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर खडाइमा गएका एक जना महिला हात्तीको आक्रमणबाट घाइते भएकी छन् ।

आरक्ष विस्थापित शिविरको ढक्का स्थित बेलडाँडी टोल बस्ने ५० वर्षीया ललु सार्की घाइते भएकी हुन् । बुधबार दिउँसो खर काट्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको घाइतेका श्रीमान् गिरी सार्कीले बताएका छन् ।

घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ । एक्स–रे रिपोर्टमा घाइतेको भित्री शरीरमा बढी चोट लागेको देखिएकोले थप उपचारका लागि धनगढी रेफर गरिएको ईशान मेमोरियल अस्पतालले जनाएको छ ।

घाइतेको परिवार आरक्षपीडित समेत रहेकोले उपचार खर्चका लागि याचना समेत गरिरहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले तीन दिनका लागि स्थानीयहरूलाई खर काट्न दिने व्यवस्था गरेपछि ग्रामीण क्षेत्रका सयौँ परिवार यति बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएका हुन ।

आरक्षबाट बिस्तापित परिवारलाई घरकाे भित्ता र छाना बनाउन खर महत्तपुर्ण रहेकाे छ ।


#हात्ती आक्रमण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>