Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १७ गते मङ्गलबार

छाडाचाैपायाकाे कहिले हुन्छ ब्यावस्थापन अगाडि सार्दै कुचाेकुटाे ।

कुचोकुटो पहलले छाडाचौपाया समस्या र दिगो समाधानको उपायबारे जनप्रतिनिधि र सरोकारवालाई सुझाव दिएको छ।

आज मंगलबार भीमदत्त नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै जनप्रतिनिधिहरुलाई छाडाचौपायाको दिगो व्यवस्थापनबारे सुझाव दिएको हो।

कुचोकुटोका संस्थापक खेम भण्डारीले छाडाचौपाया समस्या र दिगो व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए। छाडाचौपाया सामाजिक समस्या भएको उनले बताए। ‘छाडाचौपाया गम्भिर समस्या हो, विगतमा करडौं रुपैयाँ खर्चभयो,’ उनले भने, ‘समस्या सामाधान भएनन्।’

छाडाचौपायालाई बोझका रुपमा नलिएर उत्पादनको रुपमा लिनुपर्ने उनको भनाई छ। चौपायाको उपयोगिता शून्य हुनु र भारतमा चौपायाको निर्यात बन्द भएपछि समस्याको रुपमा देखा परेको उनले बताए। ‘सडक चौपायालाई बोझँका रुपमा होइन्, उत्पादनका रुपमा लिनुपर्छ,’ उनले भने।

छाडाचौपायाको कारणले किसानलाई हैरान बनाएको उनले बताए। ‘किसानहरु रातभर जाग्राम बस्न बाध्य छन्,’ उनले भने, ‘खेत बाँझो हुने क्रम बढी रहेको छ, चौपायाहरुले बाली खाइदिने भएकाले खेती गर्नै छोडेका छन्।’

छाडाचौपायाको नश्ल सुधार, दुधालु गाईलाई किसानलाई बिक्रि गर्ने, मृत चौपायको छाला र हाडको प्रशोधन गरी प्रयोगमा ल्याउने, पालिका र सामुदायिक वनको सहकार्यमा औद्योगिक मोटालिटीमा लग्ने, पालिका र वनहरु मुख्य साझेदार रहने गरि नाफा रहित कम्पनी खोल्नेलगायतका विषय उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ।

कार्यक्रममा भीमदत्त, बेदकोट र दोधाराचाँदनीका जनप्रतिनिधि सहभागी थिए। उनीहरुले कुचोकुटो पहल दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।  

कार्यक्रममा भिमदत्त, बेदकाेट, दाेधारा चाँदनीका जनप्रतिनिधि र सराेकार वालाकाे उपस्थिति रहेकाे थियाे ।

जनप्रतिनिधिहरुले आफ्ना तर्फवाट भईका पहलका बारेमा जानकारि गरेका थिए । पत्रकार चित्राङ्ग थापाले छाडा चाैपायाका कारणले जिल्लाकै बदनाम भएकाे बताएका छन ।


#छाडाचाैपाया

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>