Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ १९ गते बिहिबार

कर्मचारि सरुवामा नयाँ मापदण्ड बनाउदै सरकार, यस्ताे छ तयारि ।

कर्मचारी पोस्टिङलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले सरुवाको नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । लामो समय केन्द्रमै रहने, स्थानीय तहमा जान अरुचि देखाउनेजस्ता प्रवृत्तिले सेवाप्रवाहमा समस्या सिर्जना गरेपछि त्यसलाई अन्त्य गर्न सरकारले नयाँ प्रावधान बनाउन लागेको हो ।

संघीय मामिला तथा स्थानीय सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा व्याप्त समस्या हल गर्न नयाँ मापदण्ड बनाउन लागिएको जानकारी दिए ।

मन्त्रालयले आफ्नो दरबन्दी रहेकै स्थानमा कर्मचारीलाई खटाउने गरी मापदण्ड बनाउन लागेको छ ।  आफूअनुकूल सरुवा हुने र सकेसम्म सुगममा रहने प्रवृत्ति कर्मचारी वृत्तमा व्याप्त छ ।  यही कारण देशभरका दर्जनौं स्थानीय तह निमित्तका भरमा चलेका छन् ।

केन्द्रमा अड्डा जमाएर बसेका कर्मचारीलाई तह लगाउन बाहिर जानैपर्ने नीति पनि बनाउन लागिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी बाहिर नगएका कर्मचारीको तथ्यांक उपलब्ध गराउन आफूले निर्देशन दिइसकेको बताउँछन् ।

उनका अनुसार, अब दुई वर्ष एउटै शाखामा बसेका कर्मचारीको शाखा परिवर्तन हुनेछ भने तीन वर्ष एउटै स्थानमा बसेकालाई अन्यत्र पठाइनेछ । चार वर्ष केन्द्रमा एउटै स्थानमा बसेका कर्मचारीलाई अनिवार्य स्थानीय तहमा पठाउने नीति बनाउन लागेको जानकारी पनि उनले दिए ।


#कर्मचारि सरुवा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>