Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
दार्चुला
२०७९ माघ १९ गते बिहिबार

लेकमका कर्मचारिमाथि अभद्र ब्यावहार, जनप्रतिनिधिलाई कार्वाहिकाे माग ।

दार्चुलाकाे लेकम गाउँपालीकाका कर्मचारि आन्दाेलित भएका छन । कार्यालयमा काम गरिरहेका कर्मचारिमाथि वडा सदस्यले दुब्यवहार गरेकाे भन्दै आन्दाेलित भएका हुन ।

वडा २ का सदस्य बिरेन्द्र सिह कार्किले१७ गतेका दिन कार्यालय समयमा लेकम गाउँपालिकाको कार्यालय रातामाटामा मदिरा सेवन गरि पालिकाका कर्मचारीहरुलाई तथानाम गालि गलाैच तथा दुर्व्यवहार गरि पालिकाको माथिल्लो तल्ला वाट कर्मचारीलाई लक्षित गरि प्लाष्टिकको कुर्चि प्रहार गरीएको र कर्मचारी लाई ज्यान मार्ने धम्कि समेत दिएकोले जनताको सेवा गर्ने जनप्रतिनिधिले मदिरा सेवन गरि कार्यालय समयमा कामकाज गरिरहेका राष्ट्र सेवक कर्मचारी माथि गलत व्यवहार- गरि आतङ्क मचाइ कार्यालयको सेवा प्रवाहमा बाधा अवरोध सृर्जना गरेकोले कार्किलाई कार्वाहिकाे माग गर्दै पालिका अध्यक्ष समक्ष पालिका कर्मचारिले संयुक्त ज्ञापन पत्र दिएका छन ।

कार्कीलाई कानुनको दायरामा लिई आवश्यक कारवाहि गरिपाउँ यस्ता ज्यानमार्ने धम्कि दिने, तथानाम गालि गलौन तथा दुर्व्यवहार गर्ने जनप्रतिनिधिलाई कारवाहि गरिएन भने आजका मिति देखि लेकम गाउँपालिकाको सम्पूर्ण शाखाको प्रशासनिक एवं प्राविधिक कामकाज वन्दहुने व्यहोरा समेत अध्यक्ष ज्युलाई जानकारी गर्दछौ ज्ञापन पत्रमा भनिएकाे छ ।

विगतका दिनहरुमा समेत जनप्रतिनिधि र अन्य व्यक्तिहरु मदिरा सेवन गरि कार्यालय संचालन भइरहेका बेला कार्यालयमा आतंक मचाउने र सामान्य मिलोमतोमा छोडिदिने प्रवृतिले आज फेरि लेकम गाउँपालिकाको कार्यालयमा मदिरा सेवन गरि कार्यालयको कामकाजमा वाधा अवरोध गर्ने, कर्मचारी माथि तथानाम गालि गलौच तथा दुर्व्यवहार गर्ने, ज्यानमार्ने धम्कि दिने जनप्रतिनिधि विरेन्द्र सिंह कार्किलाई कानुनको दायरामा ल्याई कारवाहि नभए सम्मका लागि हाल वडाहरुमा संचालन भइरहेको योजनाहरुको सम्झौताको कार्यतालिका समेत आजकै मिति देखि बन्द गरिएको उल्लेख गरेका छन ।

पालिकाका कर्मचारि स्राेतका अनुसार जनप्रतिनिधि विरेन्द्र सिंह कार्किले हातपात गरेको, गालिगलीच गरेको, प्लाष्टिकको कुर्नि प्रयोग गरि कर्मचारीमाथि प्रहार गरेको लेकम गाउँपालिको कार्यालयमा जडान गरिएको सिसिटिभि क्यामरामा रेकर्ड रहेकाे देखिएको बताईन्छ ।

कर्मचारिहरुले स्थानिय प्रहरिमा समेत निवेदन दिएका छन भने कार्वाहि नगरि मिलेमताे गरेमा सामुहिक राजिनामा दिने समेत बताएका छन ।

पालिका अध्यक्ष रामदत्त जाेशीका अनुसार  हिजाे कर्मचारिका तर्फवाट बिजप्ति बुझेकाे छु, सत्यतथ्य बिषय के रहेछ बुझेर साेहि अनुसार काम गर्ने समृद्धि पाेष्टलाई बताएका छन ।


#लेकम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>